Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कोरोना संक्रमणबाट ललितपुरमा ३ जनाको निधन

कोरोना संक्रमणबाट ललितपुरमा ३ जनाको निधन

दैनिकी न्यूज

२७, भाद्र २०७७
कोरोना संक्रमणबाट ललितपुरमा ३ जनाको निधन
images

काठमाडौं । ललितपुरका विभिन्न हस्पिटलमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

पाटन अस्पतालमा उपचाररत काठमाडौं–२० बसन्तपुर निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुर जिल्ला ठिमी नगरपालिका वडा नं. ५ डिगुटोलका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७२ वर्षीय पुरुषको यही भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनमा निमोनियाको पनि समस्या रहेको थियो ।

यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए ।

images
प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - १३:१४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology