काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४५४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १० हजार ७०१ जनाको पीसीआर परीक्षण गर्दा सो संख्याका संक्रमित देखिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो।
प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। योसँगै नेपालमा ८ लाख २१ हजार १८६ पीसीआर परीक्षण भएको छ। त्यस्तै ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।