Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अनलाइन भर्ना र अभिलेखीकरण प्रक्रिया शुरु

अनलाइन भर्ना र अभिलेखीकरण प्रक्रिया शुरु

दैनिकी न्यूज

२६, भाद्र २०७७
अनलाइन भर्ना र अभिलेखीकरण प्रक्रिया शुरु
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन भर्ना र विद्यार्थी अभिलेखिकरण प्रक्रिया शुरु भएको बताएको छ । कोभिड–१९ को कारण ५ महिनादेखि ठप्प रहेको पठनपाठन शुरु हुने अवस्थामा पुगेको छ ।

हिजो बिहीबार विद्यार्थी सिकाइ निर्देशिक–२०७७ जारी भएलगत्तै मन्त्रालयले विद्यालयमा उपस्थित नभई भर्ना, विद्यार्थी अभिलेखीकरण र शिक्षकलाई विद्यालयको सम्पर्कमा रहने बाटो खुला भएको दाबी गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको निर्देशनबमोजिम असोज १ गतेदेखि मात्र वैकल्पिक माध्यमबाट पढाइ शुरु हुने भएको बताउँदै त्यस अघिको प्रक्रिया सञ्चालन गर्न बाधा नहुने स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो– ‘मन्त्रालयले केही दिनमा कार्ययोजना सार्वजनिक गरी असोज १ गतेबाट पढाइ शुरु गर्ने तयारी गरिरहेका छौं, त्यसअघिका प्रक्रिया शुरु गर्न कुनै बाधा हुनेछैन ।’

प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि मन्त्रालयले कार्ययोजना निर्माण गरिरहेको छ । कार्ययोजनामा कति दिन पढाउने, कहिलेसम्म कोर्स पूरा गर्नेलगायत सम्पँर्ण विषय समावेश गरिएको हुन्छ । मन्त्रालयले पाठ्यभार समायोजनको विषयसमेत कार्ययोजनामा समाविष्ट गर्ने भएको छ ।

त्यसअघि मन्त्रालयले शुल्क, भर्ना, कक्षा सञ्चालनलगायतका विषयमा आइतबारभित्र सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ ।

यसअघि स्थानीय सरकारको अधिकार हस्तक्षेप गरी मन्त्रालयले निजी विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षाको शुल्क नलिन निर्देशन दिएको थियो ।

सोही निर्देशन फुकुवा गर्न मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्ने तयारी गरेको छ । ढिलो भए पनि मन्त्रालयले निर्देशिका जारी गरेकोमा निजी विद्यालयको दुई संस्था प्याब्सन र एनप्याब्सनले खुसी व्यक्त गरेका छन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले यो निर्णयले निजी विद्यालयका शिक्षक, कर्मचारीलगायत सरोकारवालालाई राहत पुगेको बताउनुभयो ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - ०७:२८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology