Logo

बुधवार, श्रावण २७ गते २०८३

images

५० हजार नाघ्यो संक्रमितको संख्या, कति थपिए त बिहिबार ?

५० हजार नाघ्यो संक्रमितको संख्या, कति थपिए त बिहिबार ?

दैनिकी न्यूज

२५, भाद्र २०७७
५० हजार नाघ्यो संक्रमितको  संख्या, कति थपिए त बिहिबार ?
images

काठमाडौँ।नेपालमा कोरोना बाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी सहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना निको भइ घर फर्किएका छन्। यी सहित हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।

पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - १६:४४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology