Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बुधबार १०८१ जना कोरोना संक्रमित थपिए

बुधबार १०८१ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२४, भाद्र २०७७
बुधबार १०८१ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । बुधबार विभिन्न प्रयोगशालामा ११ हजार १६७ जनाको पिसिआर परीक्षण गर्दा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ७ लाख ९९ हजार ३४१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्इा ४९ हजार २१९ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४८० जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय सख्ंया १५ हजार २५ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३७ जना रहेको छ ।

१६२ जना आईसियू र २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेका छन । मन्त्रालयका अनुसार २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।

२४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १६:२४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology