Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तीन बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

तीन बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

दैनिकी न्यूज

२०, भाद्र २०७७
तीन बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
images

लमजुङ । तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

उनले भने, ‘गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो ।’ सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अण्नुसन्धान भइरहेको छ । एघार र नौ वर्षको बालिका एउटै परिवारको रहेको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १५:५५:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology