काठमाडौं । नेपाल प्रहरीका दुई डिआइजीलाई कोरोना संक्रमण भएको छ।
महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत ती डिआइजीलाई संक्रमण भएको हो । उनको अवस्था भने सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।
नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ । यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।