Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

दैनिकी न्यूज

२२, श्रावण २०७७
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु
images

काठमाडौं । भक्तपुर, चितवन र रौतहटमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यू भएको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-१० स्थित चाँगुनारायण सडकमा बुधबार दिउँसो प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सोही नगरपालिका–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको छ । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी सुवालको भक्तपुर अस्पतालमा प्राथमिक उपचार पछि ट्रमा सेन्टर हुँदै न्यूरो अस्पताल बाँसबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालक भक्तपुर चागुँनारायण नगरपालिका–६ छालिङ बस्ने २२ वर्षीय आशिष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका–२५ अमृत चोकमा बुधबार दिउँसो ना ४ ख ७३६७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ६५ वर्षीय लक्ष्मण महतोको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, परोहा नगरपालिका–६ भेडियाहीस्थित सडकमा बीआर ०५भी–८५९५ नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका बसनपट्टी बस्ने ४० वर्षीया सोभिता कुमारी पटेलको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी पटेलको स्थानिय मेडिकल कोप्वामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १३:४६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology