Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु

दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु

दैनिकी न्यूज

१९, श्रावण २०७७
दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु
images

दाङ । दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो ।

मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युत्मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो । थापिएको विद्युत्को धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।


छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका तिनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । रासस

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - १५:०२:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology