Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मौसम पूर्वानुमानः आइतबार यी स्थानमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

मौसम पूर्वानुमानः आइतबार यी स्थानमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१८, श्रावण २०७७
मौसम पूर्वानुमानः आइतबार यी स्थानमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको विभागले जनाएको छ।

देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

साउन १८ गते (आइतबार)

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ र गण्डकी प्रदेश एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १९ गते (सोमबार)

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २० गते (मंगलबार)

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ। साथै बागमती प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - ०८:३६:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology