Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मौसम पूर्वानुमानः आज पनि भारी वर्षा, सचेत रहन आग्रह

मौसम पूर्वानुमानः आज पनि भारी वर्षा, सचेत रहन आग्रह

दैनिकी न्यूज

१४, श्रावण २०७७
मौसम पूर्वानुमानः आज पनि भारी वर्षा, सचेत रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको महाशाखाले जनाएको छ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

साउन १४ गते (बुधबार)

दिउँसोः  देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी,  प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १५ गते (बिहिबार)

दिउँसोः देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यदेखि पुर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी, प्रदेश ५ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

साउन १६ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यदेखि पुर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी, प्रदेश ५, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

images
प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - ०६:५८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology