Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कांग्रेसमा किचलोः संस्थापनविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

कांग्रेसमा किचलोः संस्थापनविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

दैनिकी न्यूज

१२, श्रावण २०७७
कांग्रेसमा किचलोः संस्थापनविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष
images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विभाग गठनको विषयलाई लिएर सुरु भएको किचलो फेरि बढेको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा आएर विभागमा धमाधम सदस्य थप्दै अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह त्यसलाई रोक्न प्रतिवादमा उत्रिएको हो ।

वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा। शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले गत १ साउनमा सभापति देउवालाई सो कदम सच्याउन भन्दै संयुक्त पत्र बुझाएका थिए ।

पौडेल समूहले महाधिवेशनलाई प्रभावित पार्ने तथा भाड्ने रणनीतिसहित सभापतिले विभागमा सदस्य थप गर्दै अघि बढेको आरोप लगाएको छ । सो समूहले सभापतिले विभाग गठन गर्दा नै एकलौटी गरेको आरोप लगाउँदै आएको थियो ।

‘वरिष्ठ नेता, महामन्त्री र कोषाध्यक्षले सभापतिलाई पत्र पठाएरै महाधिवेशनको वातावरण नबिगार्न अनुरोध गरिसक्नुभएको थियो । तर झन् पेलेर अघि बढ्ने सभापतिको मनसाय देखेपछि थप रणनीति आवश्यक ठानेर छलफल जारी राखिएको छ,’ पौडेल निकट एक नेताले भने ।

सो समूहले आइतबार गोंगबुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा रणनीतिक बैठकसमेत गरेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, डा. रामशरण महत सहभागी थिए ।

राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - ०७:१८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology