Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आजदेखि पुनः भारी वर्षको संभावना, सचेत रहन आग्रह

आजदेखि पुनः भारी वर्षको संभावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१२, श्रावण २०७७
आजदेखि पुनः भारी वर्षको संभावना, सचेत रहन आग्रह
images

काठमाडौँ । आजदेखि मनसुन पुनः सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जी बीसीले बताइन् ।

अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । सोमबार रातिबाट नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानमा हलकादेखि मध्यम वर्षाका साथै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँहरु
मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश १ र २ का थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । भोलिदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का मध्य पहाडी भू–भाग भई बग्ने नदीमा जलसतह बढ्ने सम्भावना छ । ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रदेश १, वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भू–भाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - ०७:१०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology