Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

दैनिकी न्यूज

११, श्रावण २०७७
वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट
images

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ। नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो।

वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ। आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ। महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०र१२ जनाको समुहले एकाएक आक्रमण गरेको बताए।

शनिबार राती सुरज चौधरी लगायतलाई ठगुन्ना समुहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाएको चौधरीले बताए।

उनले भने, ‘सो समुहले राति गाउँमा हो हल्ला गर्ने र गाउँलेलाई आतंकित पार्ने कार्य गरिरहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राती वडाध्यक्षलाई ठिक पार्नुपर्छ भनेर हिँडका थिए।’

मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानिीय बासिन्दाले बताएका छन्। वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानिीय बासिन्दाको भनाइ छ।

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ति जारी गरी वडा कार्यालयमा केही उछृंखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्ष माथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रासस

images
प्रकाशित मिति :श्रावण ११, २०७७ आइतवार - १८:०५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology