Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मनसुन फेरि सक्रियः भोलीदेखि भारी वर्षाको सम्भावना

मनसुन फेरि सक्रियः भोलीदेखि भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

११, श्रावण २०७७
मनसुन फेरि सक्रियः भोलीदेखि भारी वर्षाको सम्भावना
images

काठमाडौं । भोली (सोमबार) बाट ४ दिन लगातार पानी पर्ने भएको छ । केही दिन निस्क्रिय रहेको मनसुन फेरि सक्रिय हुने भएकाले हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार केही स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

सोमबारबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने र अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ ।

यसपटकको मनसुन सक्रिय भएपछि औसतभन्दा निकै धेरै पानी परिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७७ आइतवार - ०९:५८:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology