Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मौसम पूर्वानुमानः सोमबारसम्म ठूलो वर्षाको सम्भावना

मौसम पूर्वानुमानः सोमबारसम्म ठूलो वर्षाको सम्भावना

दैनिकी न्यूज

१०, श्रावण २०७७
मौसम पूर्वानुमानः सोमबारसम्म ठूलो वर्षाको सम्भावना
images

काठमाडौंं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ । देशभर सामान्य बदली रही अहिले थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १० गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

साउन १२ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

राती : देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी  प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - ०८:२२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology