Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अवैध लागूऔषधसहित महालक्ष्मीबाट ४ जना पक्राउ

अवैध लागूऔषधसहित महालक्ष्मीबाट ४ जना पक्राउ

दैनिकी न्यूज

९, श्रावण २०७७
अवैध लागूऔषधसहित महालक्ष्मीबाट ४ जना पक्राउ
images

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित सडक किनारामा लागूऔषध खैरो हेरोईन खरिदबिक्रि गरिरहेको अवस्थामा ५.५ ग्राम लागूऔषधसहित ४ जना जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध बिक्रि गर्ने रौतहट गुजरा नगरपालिका(४ घर भएका ३१ वर्षीय राज कुमार लामा र उनीसँगै रहेकी झापा मेचीनगर नगरपालिका(४ ठेगाना भएकी २८ वर्षिया कल्पना राईलाई प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा राजकुमारसँग लागूऔषध खरिद गर्न आएको अवस्थामा महालक्ष्मी नगरपालिका–५ भगवतीस्थानस्थित सडक किनारामाबाट बा ६७ प २८३७ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ ठेगाना भएका २७ वर्षीय सुरेस मोक्तान र बाँके नेपालगंज उपमहानगरपालिका–७ ठेगाना भएका २८ वर्षीय अमृत कुमार मल्ललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरीरहेको पहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - १७:०६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology