Logo

शनिवार, कार्तिक १ गते २०८३

images

२० हजार घुससहित सबइञ्जिनीयर भट्ट नियन्त्रणमा

२० हजार घुससहित सबइञ्जिनीयर भट्ट नियन्त्रणमा

दैनिकी न्यूज

८, श्रावण २०७७
२० हजार घुससहित सबइञ्जिनीयर भट्ट नियन्त्रणमा
images

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिएको हो।

सबइञ्जिनीयर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। रासस

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - ०८:५५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology