Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मौसम पूर्वानुमान, बिहीबार यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान, बिहीबार यी स्थानमा भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

८, श्रावण २०७७
मौसम पूर्वानुमान, बिहीबार यी स्थानमा भारी वर्षाको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ।

देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ।

देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १ र प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै रातीको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - ०८:२३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology