Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

दैनिकी न्यूज

४, श्रावण २०७७
वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद
images

बारा । निजगढ नगरपालिका वडा नं. ११ रतनपुरस्थित सामुदायिक बनबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान फेला पारी शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा लायन्स कल्ब अफ निजगढ सिटिको आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रममा अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले बनमा केही पड्केको आवाज सुन्नासाथ त्यसतर्फ गई खोजतलास गर्दा उक्त बन्दुक वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतिम मिश्रले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - १५:२१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology