Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सुनसरीमा गोली चल्यो

सुनसरीमा गोली चल्यो

दैनिकी न्यूज

३, श्रावण २०७७
सुनसरीमा गोली चल्यो
images

सुनसरी । सुनसरीको हरिनगरमा शसस्त्र प्रहरी र तस्करहरुको समुहबीच दोहोरो झडप भएको छ ।

झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागि हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आएका २० वर्षीयका सहजव अन्सारी घाइते भएका छन् । पेटमा गोली लागेका बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

तस्करहरुको समुहले हानेको ढुङगा लागेर शसस्त्र प्रहरी जवान जिवराज विशंखे घाइते भएका छन् । घाइतेको शसस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भैरहेको छ ।

भारतबाट विभिन्न सामान तस्करी गरि नेपाल भित्र्याउँदै गरेको अवस्थमा प्रहरीले सामान बरामद गर्न खोज्दा दुबै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ३, २०७७ शनिवार - ११:१८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology