Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा पक्राउ

सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७७
सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा पक्राउ
images

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका(४ घर भएका ३८ वर्षीय ओम बहादुर दरैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग।२ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक पटकअनावश्यक रुपमा यात्रु ओसारपसार गर्ने गरेको खुल्न आएश्चात दरैलाई पक्राउ गरेको हो ।

साथै यात्रु ओसारपसार गरी संक्रमणको जोखिमलाई नबढाउनुहोस् भनि प्रहरीले सम्झाई बुझाई गर्दा चालक दरैले उल्टै डिउटीमा खटिएका प्रहरीसँग वादविवाद तथा अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको उक्त प्रभागले जनाएको छ ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको उक्त प्रभागले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १४:३६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology