Logo

शनिवार, कार्तिक १ गते २०८३

images

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७७
घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ
images

सिरहा । कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका–२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उहाँका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।

नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले रु पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए ।

सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए ।

पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ । रासस

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - ०९:३४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology