काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केहि दक्षिण तिर सरेको छ।
देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार ३१ गते (बुधबार)
दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
रातीः देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साउन १ गते (बिहिबार)
दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
रातीः देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन २ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
रातीः देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।