Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ठगि आरोपमा ज्योतिष अर्जुन क्षेत्री पक्राउ

ठगि आरोपमा ज्योतिष अर्जुन क्षेत्री पक्राउ

दैनिकी न्यूज

२६, आषाढ २०७७
ठगि आरोपमा ज्योतिष अर्जुन क्षेत्री पक्राउ
images

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् ।

क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । क्षेत्री यसअघि पनि भूकम्प आउँछ भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका थिए ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १०:०१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology