Logo

शनिवार, कार्तिक १ गते २०८३

images

डीएसपी हुँ भन्दै धम्काउने तथा चोरी कार्यमा संलग्न मानिस पक्राउ

डीएसपी हुँ भन्दै धम्काउने तथा चोरी कार्यमा संलग्न मानिस पक्राउ

दैनिकी न्यूज

२५, आषाढ २०७७
डीएसपी हुँ भन्दै धम्काउने तथा चोरी कार्यमा संलग्न मानिस पक्राउ
images

काठमाडौं । आफूलाई डीएसपी हुँ भन्दै धम्काउने तथा चोरी कार्यमा समेत संलग्न रहेको अभियोगमा रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं. २ बस्ने २६ वर्षीय राज कुमार सुनुवारलाई काठमाडौं महानगरपालिका२६ बिजीमलस्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रही भागी फरार रहेको भन्ने जनगुनासो आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंज समेतबाट खटिएको प्रहरीले बा ९७ प १६८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्दा चोरीका मोबाइल ११ थान समेत फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १८:२५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology