Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भन्सार छली ल्याउँदै गरेको कपडा सहित ४ जना पक्राउ

भन्सार छली ल्याउँदै गरेको कपडा सहित ४ जना पक्राउ

दैनिकी न्यूज

२४, आषाढ २०७७
भन्सार छली ल्याउँदै गरेको कपडा सहित ४ जना पक्राउ
images

बारा। कलैया उपमहानगरपालिका-१२ शितलपुर टोलस्थित सडकबाट भन्सार छली ल्याउँदै गरेको करिब ५ लाख ८ हजार ८ सय ७० रुपैयाँ मूल्य बराबरको कपडा सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिकामा-२० बस्ने ४१ वर्षीय रफिक अंसारी, २२ वर्षीय रिजवान मन्सुरी, ४१ वर्षीय जंगीलाल साह र २२ वर्षीय जोखु पासवान रहेका छन् । उक्त स्थानमा प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ना.२ ह ३३६३ नम्बर र ना.२ ह ५४४० नम्बरको अटोमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका उक्त कपडा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ व्यक्तिहरुलाई बरामद कपडा तथा अटोसहित भन्सार ऐन अनुसार आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १४:४०:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology