Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२४, आषाढ २०७७
मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमााडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ ।

सुदुरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिेराहा, मोरङ, बिराटनगर र यसका आसपासका भू–भागमा पूर्ण बदली रही थोरै स्थानहरूमा मेगगर्जन÷चट्याङग हल्कादेखि मध्यम वर्षा भईरहेको छ भने बाकी भूभागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको हुदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २४ गते (बुधबार)

दिउँसोः देशका अधिकांश भू-भागमस सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका अधिकांश भू-भागमस सामान्य बदली प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश,  प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र  प्रदेश ५, कर्णालि प्रदेशका र सुदुरपश्चिम प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २५ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

रातीः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २६ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - ०७:२४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology