Logo

शनिवार, कार्तिक १ गते २०८३

images

उपत्यकाका २३ स्थानमा भेटिए कोरोना सङ्क्रमित

उपत्यकाका २३ स्थानमा भेटिए कोरोना सङ्क्रमित

दैनिकी न्यूज

२३, आषाढ २०७७
उपत्यकाका २३ स्थानमा भेटिए कोरोना सङ्क्रमित
images

काठमाडौँ । उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो ।

काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, कीर्तिपुर (ट्याङ्लाफाँट), धापासी, बसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

यस्तै, ललितपुरको धोबीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, यङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उनले जानकारी दिए । काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - २१:२८:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology