Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ठगीको आरोपमा खुमलटारबाट दुई जना पक्राउ

ठगीको आरोपमा खुमलटारबाट दुई जना पक्राउ

दैनिकी न्यूज

२२, आषाढ २०७७
ठगीको आरोपमा खुमलटारबाट दुई जना पक्राउ
images

ललितपुर । ठगी गरेको आरोपमा ललितपुर–१५ खुमलटारबाट दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३६ वर्षका नरेशकृष्ण श्रेष्ठ र ५० वर्षका विजय भन्ने हिराकाजी अवाले रहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

उनीहरुले थाइल्याणबाट सामान पठाइदिन्छु भनेर एलसी खोल्न लगाएको र सामान नपठाए ठगी गरेको अरोप छ ।

उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप भइ थप अनुसन्धान भईरहेको वृत्त सातदोबाटोले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - ०९:२६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology