Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

दैनिकी न्यूज

२२, आषाढ २०७७
एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने
images

काठमाडौं । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ ।

यद्यपि, एक व्यक्तिले फरक÷फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउनेछैन । दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

नेपाल टेलिकमको हकमा भने सिडिएमएको थप एक सिम कार्ड राख्न पाउने व्यवस्था भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - ०८:२२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology