Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हल्लाको पछि नलाग्न प्रचण्डको सचिवालयको आग्रह

हल्लाको पछि नलाग्न प्रचण्डको सचिवालयको आग्रह

दैनिकी न्यूज

२२, आषाढ २०७७
हल्लाको पछि नलाग्न प्रचण्डको सचिवालयको आग्रह
images

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गरेको छ । नेकपाको शीर्ष नेतृत्वबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला आइतबार सामाजिक सञ्जालमा सहमतिका लागि ५ बुँदे ड्राफ्ट तयार भएको हल्ला फैलिएपछि सचिवालयले सो आग्रह गरेको हो ।


सचिवालयले सामाजिक सञ्जालमा सहमतिका लागि तयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रोपोगान्डामा कुनै सत्यता नभएको समेत स्पष्ट पारेको छ । निजी सचिवालयको तर्फबाट गंगा दाहालले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्–‘अध्यक्ष कमरेड प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खटिनुभएको कुरा यहाँहरुमा जगजाहेर छ । यसैबीच भर्खरै सामाजिक सञ्जालमा सहमतिका लागि तयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रोपोगान्डको कुनै सत्यता नभएको र पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौं ।’

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - ०५:०५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology