Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रचण्ड, खनाल र नेपाल

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रचण्ड, खनाल र नेपाल

दैनिकी न्यूज

२१, आषाढ २०७७
राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रचण्ड, खनाल र नेपाल
images

काठमाडौं । सत्तारुढ दल नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) संकट चर्कंदै गइरहेका बेला पार्टीका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका नेताहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्।

अहिले शितल निवासमा राष्ट्रपतिसंग नेताहरुको छलफल जारी रहेको र त्यहाँको छलफलपछि प्रचण्ड बालुवाटार प्रधानमन्त्रीसँग छलफल गर्न जाने प्रचण्डको सचिवालयले जनाएको छ।

शनिबार बालुवाटारमा मन्त्रीहरुसँग गरेको छलफलमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र आफूलाई हटाउने षडयन्त्र भइरहेको बताएका थिए। उनले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने प्रयास भइरहेको पनि बताएका थिए। ओलीले आफ्नै पार्टीका राष्ट्रपतिमाथि आफ्नै पार्टीका नेताहरुले षडयन्त्र गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - ११:४९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology