Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

१९, आषाढ २०७७
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ पैयुँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकी रहेका छन् । ज्यापुलाई भक्तपुर ठिमीबाट मंगलबार र बुढाथोकीलाई काठमाडौं कपनबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र ३ दिन कैद तथा बुढाथोकीलाई उच्च अदालत पाटनको २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।

साथै उनीहरुले आफ्नो खातामा रकम मौज्जात नभएको भन्ने जानी जानी रकम भुक्तानको लागि चेक काटी दिएको र उक्त चेकहरु बैंकबाट भुक्तान हुन नसकी चेक बाउन्स भएको अनुसन्धनाबाट खुल्न आएको थियो । पक्राउ दुवै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १४:०१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology