Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नदीमा डुबेर युवतीको मृत्यु

नदीमा डुबेर युवतीको मृत्यु

दैनिकी न्यूज

१७, आषाढ २०७७
नदीमा डुबेर युवतीको मृत्यु
images

तनहुँ । तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु(याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

मृतकको शव दमौली अस्पताल ल्याउने तयारी गरिएको छ । रासस

images
प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - २१:२४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology