Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निर्वाचन आयोगमा कसले दर्ता गर्‍यो ‘नेकपा एमाले’ ?

निर्वाचन आयोगमा कसले दर्ता गर्‍यो ‘नेकपा एमाले’ ?

दैनिकी न्यूज

१७, आषाढ २०७७
निर्वाचन आयोगमा कसले दर्ता गर्‍यो ‘नेकपा एमाले’ ?
images

काठमाडौं । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेर दर्ता भएपछि नेकपा एमाले नामको दल हाल आयोगमा दर्ता छैन ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएको जानकारी दिए । ‘आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन आएको छ, सोबारे थप विषय जाँचबुझकै क्रममा छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

प्रवक्ता श्रेष्ठका अनुसार नयाँ दल दर्ताका लागि सोमबार आयोगलाई प्राप्त निवेदनमा पार्टी अध्यक्षको नाम सन्ध्या तिवारी उल्लेख छ । उनी झापाकी स्थायी बासिन्दा हुन् । आयोगका प्रवक्ता श्रेष्ठले पुराना दुई दलबीच एकीकरण भएपछि सो नाममा अन्य कुनै दल दर्ता नभएको र एकीकरणको एक वर्षसम्म सोही नाममा अन्य कुनै पनि व्यक्तिले दल दर्ता गर्न नपाइने कानुनी व्यवस्था रहेको बताए ।

तर, पुराना दुई दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बितिसकेकाले आवश्यक कागजात ल्याएर प्रक्रिया पु–याए सो नाममा दल दर्ता हुन सक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलबारको नेकपाको स्थायी समिति बैठकमा आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गर्न कसको निर्देशनमा निवेदन दर्ता भयो भन्दै नेताहरुले प्रश्न गर्न थालेपछि बैठकको एजेन्डा नै विषयान्तर भएपछि बैठक प्रभावित भएको थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले बिउँताउने निवेदन दर्ता भएको भन्दै आक्रोश पोखेका थिए ।

राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - ०६:२४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology