Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नियन्त्रित लागूऔषध सहित दुईजना बाराबाट पक्राउ

नियन्त्रित लागूऔषध सहित दुईजना बाराबाट पक्राउ

दैनिकी न्यूज

१५, आषाढ २०७७
नियन्त्रित लागूऔषध सहित दुईजना बाराबाट पक्राउ
images

बारा । बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं. ५ ईटियाहिबाट नियन्त्रित लागूऔषध नूफिन ६४ एम्पुल, डाइजेल्याव ६४ एम्पुल र फेनारगन ६४ एम्पुल सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–११ श्रीपुर बस्ने ४६ वर्षीय श्रीकान्त ठाकुर र सोही महानगरपालिका–१२ मुर्ली टोल बस्ने ४५ वर्षीय बाबुलाल साह कानु रहेका छन् ।

प्रहरी चौकी मुसहर्वाबाट प्रहरी सहायक निरीक्षक जगदिश प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना १० प ९१०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - १७:२६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology