काठमाडौं । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा १५ असारमा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा १२ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता तुल खड्काले प्रदेश मन्त्रिपरिषद्को यही १२ जेठको बैठकले कर्णालीका जुम्लाबाहेक ९ जिल्लामा धान दिवसको बिदा दिने निर्णय गरेको जानकारी दिए ।