Logo

शनिवार, कार्तिक १ गते २०८३

images

११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व, सबैभन्दा धेरै आयकर

११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व, सबैभन्दा धेरै आयकर

दैनिकी न्यूज

१३, आषाढ २०७७
११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व, सबैभन्दा धेरै आयकर
images

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको हो ।

विभागका अनुसार १–१२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर ९भ्याट०तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यस अवधिमा जम्मा भएको २४ अर्ब २२ करोड राजस्व मध्ये आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर ९भ्याट०बाट गरी जम्मा २३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो भने अन्य बाँकी ३६ करोड रुपैयाँ शिक्षा सेवा र स्वास्थ्य सेवा करबापत संकलन भएको विभागले जनाएको छ ।

सरकारको गत ७ असारभित्र कर तिर्न दिएको पछिल्लो अल्टिमेटमलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर, सर्वोच्चले दिएको यस्तो मौकाका बाबजुद पनि करदाता एवं सेवाग्राही व्यवसायीले असारको बितेका ११ दिनमा २४ अर्ब २२ करोड रुपैयाँ राजस्व खातामा दाखिला गरिदिएर सरकारलाई संकट परेको बेला सारथी बनिदिएका हुन् ।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले १ असारबाट लकडाउन केही खुकुलो भएसँगै सेवाग्राही एवं व्यवसायीले स्वःस्फूर्त रूपमा धमाधम राजस्व बुझाउन थालेकाले छोटो समयमा धेरै राजस्व संकलन भएको बताए । निजी क्षेत्रले आफ्नो जिम्मेवारीअनुसार समयमै राजस्व बुझाएर सरकारलाई राम्रो साथ दिएको र यो सरकारका लागि गौरवको विषय भएको महानिर्देशक कुँवरको भनाइ छ ।

राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - ०६:५९:०९ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology