Logo

शनिवार, कार्तिक १ गते २०८३

images

उपसभामुखको रिक्त पद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

उपसभामुखको रिक्त पद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

दैनिकी न्यूज

१२, आषाढ २०७७
उपसभामुखको रिक्त पद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट
images

काठमाडौं । उपसभामुखको रिक्त पद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, संघीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाद्वारा रिट दायर गरिएको हो।

संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै निवेदनमा उक्त पदको निर्वाचनका निम्ति सम्बन्धित निकायका नाममा परमादेशको आदेश जारी गर्न आग्रह गरिएको छ।

अधिवक्ता सिम्खडाका अनुसार यही असार ९ गते दायर भएको उक्त रिटमा असार ११ गते प्रथम सुनावाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले निवेदनमाथि अग्राधिकारको आदेश दिइएको छ। रासस

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - २१:३९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology