Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गोदावरीका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने

गोदावरीका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने

दैनिकी न्यूज

१२, आषाढ २०७७
गोदावरीका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने
images

ललितपुर । गोदावरी नगरपालिकाका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने भएका छन् । नगरपालिका गठन भएपछि वडाहरु टुक्रिएसँगै तिनमा कमै मात्रामा स्वास्थ्य सेवाको सुविधा छ ।

गोदावरी–६ र ११ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न चालु आर्थिक वर्षमा बजेट प्रदान गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “वडा ६ मा धमाधम भवन निर्माणको काम सुरु हुने भएको छ भने वडा ११ मा भवन निर्माणका लागि छलफल गरिरहेका छौँ ।” केन्द्रको भवन निर्माणपछि विभागले आवश्यक कर्मचारीसमेत व्यवस्थापन गरिदिने महर्जनले जानकारी दिए ।

विभागले पहिलो चरणमा भवन निर्माणका लागि रु साढे ११ लाख बजेट दिएको छ । अपुग रकम विभागले नै दिने जनाएको ६ का वडाध्यक्ष विष्णुमान महर्जनले बताए । उनले भने, “हामीले पहिलो चरणमा ६ कोठाको एकतले भवन बनाउने भएका छौँ । विभागले आउँदो आर्थिक वर्षमा पुनः रकम दिएपछि साढे दुई तलासम्मको भवन निर्माण गर्ने योजना बनाएका छौँ ।” गोदावरीका कूल १४ वडामध्ये दुई वडामा कमै मात्र स्वास्थ्य सेवासुविधा छ । रासस

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १५:३८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology