Logo

शनिवार, कार्तिक १ गते २०८३

images

दैलेखमा आत्महत्या गरेका युवामा कोरोना ‘पोजेटिभ’

दैलेखमा आत्महत्या गरेका युवामा कोरोना ‘पोजेटिभ’

दैनिकी न्यूज

१२, आषाढ २०७७
दैलेखमा आत्महत्या गरेका युवामा कोरोना ‘पोजेटिभ’
images

दैलेख । दुई दिनअघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

९ असारमा घरमा झुन्डिएको अवस्थामा भेटिएका ती युवाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । ‘अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोस्टमार्टम गर्ने बताएपछि स्वाब सुर्खेत पठाएका थियौं,’ दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भने, ‘आज सुर्खेतमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।’

एक महिनाअघि भारतबाट दैलेख आएका ती युवा पञ्चकोसी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडिटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।

राजानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - ०६:२४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology