Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

५, आषाढ २०७७
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
images

ललितपुर । १५ वर्षीया कोशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं. २६ सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका ३६ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती कोशोरीलाई मंगलबार जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - १४:४४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology