Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भीमफेदी–कुलेखानी र कान्तिलोकपथ अवरुद्ध

भीमफेदी–कुलेखानी र कान्तिलोकपथ अवरुद्ध

दैनिकी न्यूज

४, आषाढ २०७७
भीमफेदी–कुलेखानी र कान्तिलोकपथ अवरुद्ध
images

मकवानपुर । भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ ।

भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।

त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा–ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ ।

कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्नसम्ममा यातायात सेवा सञ्चालन गर्नेतर्फ आवश्यक प्राविधिकसहित डोजर खटाइसकेको मकवानपुका प्रजिअ दीपक नेपालले जानकारी दिए । रासस

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - ११:२४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology