Logo

शनिवार, कार्तिक १ गते २०८३

images

लकडाउन खुकुलो भएसँगै उपत्यका छिर्नेहरूको भीड

लकडाउन खुकुलो भएसँगै उपत्यका छिर्नेहरूको भीड

दैनिकी न्यूज

२, आषाढ २०७७
लकडाउन खुकुलो भएसँगै उपत्यका छिर्नेहरूको भीड
images

काठमाडौं । सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको बताए। उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने एक सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ। एक सय पाँचजना पास देखाई उपत्यकामा प्रवेश गरेका छन्। तर उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै केहीले बहाना पनि बनाउने गरेका छन्।

प्रहरीले बिनापास टाढाबाट आए पनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह गरेको छ। ‘पास नलिईकन आउने सवारीसाधनलाई हामीले उपत्यका छिर्न दिएका छैनौं,’ उनले भने, ‘तर उपत्यकामा खुकुलो पारेसँगै त्यसकोे प्रत्यक्ष असर नाकामा परेको छ।’ यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - ०८:२६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology