Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आजदेखि मोटरसाइकलमा पनि जोरविजोर लागू

आजदेखि मोटरसाइकलमा पनि जोरविजोर लागू

दैनिकी न्यूज

१, आषाढ २०७७
आजदेखि मोटरसाइकलमा पनि जोरविजोर लागू
images

काठमाडौं । आजदेखि चारपांग्रे निजी सवारी साधन सहित मोटरसाइकल (स्कुटर र मोपेडसहित) मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योल रहेकाले आइतबार गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू हुने र चालकमात्र यात्रा गर्न पाउने व्यबस्थाको निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार आजदेखि मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने र चारपाँग्रेमा चालक सहित तीन जना यात्रा गर्न पाउने व्यवस्था भएको जानकारी दिए ।

यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ०८:३५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology