Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु

सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु

दैनिकी न्यूज

१, आषाढ २०७७
सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु
images

काठमाडौँ । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो तर व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ ।

नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग छलफल भइरहेको छ ।” सार्वजनिक सवारी सञ्चालन सामाजिक दूरी कायम हुनेगरी गर्नुपर्नेछ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिने छ ।

तर विभागले तयार गरेको निर्देशिकाअनुसार व्यवसायीले सवारी सञ्चालन गर्न अस्वीकार गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्नुपर्ने वा कुनै अनुदानको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ ।

महासङ्घका महासचिव सरोज सिटौला भन्छन्, “विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुनुप-यो, ३० सिटको गाडीमा १५ जना लिएर हिँड्दा खर्च पनि उठ्दैन, साना सवारी ट्याक्सी, ट्याम्पोको सवालमा के गर्ने, उनीहरूलाई अनुदान दिनुप¥यो, लगानीको सुरक्षा हुनुप-यो । ”

सरकारले पहिलो दोस्रो र तेस्रो चरण गरी बिस्तारै बन्दाबन्दी खुला गर्दै जाने निर्णय गरेको छ । सोहीअनुसार विभागले सार्वजनिक यातायात सुचारु गर्ने तयारी थालेको हो ।

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ०७:०६:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology