Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्टस् तथा लत्ताकपडा बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्टस् तथा लत्ताकपडा बरामद

दैनिकी न्यूज

३२, जेठ २०७७
एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्टस् तथा लत्ताकपडा बरामद
images

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट जेठ ३२ गते एपीएफ टोलीले करीव ९ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्टस् बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोवाईल पार्टस् सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद मोवाईल पार्टस् भन्सार कार्यालय काकँडभिट्टामा बुझाएको छ ।

यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ६ दुर्गौलियाबाट एपीएफ टोलीले जेठ ३२ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावाँबाट सशस्त्र प्रहरी नायव निरीक्षक भैरव कणेलको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १७:४१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology