Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अवैध सालको काठ सहित पक्राउ

अवैध सालको काठ सहित पक्राउ

दैनिकी न्यूज

३०, जेठ २०७७
अवैध सालको काठ सहित पक्राउ
images

स्याङजा । पुतलीबजार नगरपालिका-६ कोपनीबाट ३१ थान अवैध सालको काठ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-६ बस्नेहरु ग.१ त ५०७२ नम्बरको ट्याक्टरका चालक ४३ वर्षीय लेखनाथ च्वाई र सहचालक २२ वर्षीय तेज बहादुर बोहोरा रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको लोड गरिएको अवस्थामा उक्त काठ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।


उनीहरुलाई आवश्यक कारबाहीका लागि सोमबार डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १३:३५:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology