Logo

शनिवार, कार्तिक १ गते २०८३

images

किराना पसलबाट पेट्रोल कालोबजारी गरेको अभियोगमा तीन जना पक्राउ

किराना पसलबाट पेट्रोल कालोबजारी गरेको अभियोगमा तीन जना पक्राउ

दैनिकी न्यूज

३०, जेठ २०७७
किराना पसलबाट पेट्रोल कालोबजारी गरेको अभियोगमा तीन जना पक्राउ
images

स्याङजा ।तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३ वर्षीया बिष्णुमाया शर्मा र सोही नगरपालिका-१० राङखोला बस्ने ३५ वर्षीय चन्द्र बहादुर गुरूङ रहेका छन् ।


उक्त स्थानका पसलहरूबाट तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुले संचालन गरेको पसलमा १ लिटरको खाली बोतल र जर्किनमा पेट्रोल भरेर अनुचित नाफा लिई बढी मूल्यमा बिक्री गरेको फेला पारेको हो ।


साथै गौरव प्रधानको प्रधान किराना पसलबाट १ लिटर दरका भरिएको १९ बोतल पेट्रोल, बिष्णुमाया शर्माको शर्मा किराना पसलबाट १ लिटर दरका भरिएको ९ बोतल पेट्रोल साथै १० लिटरको जर्किनमा भरिएको पेट्रोल १ थान र चन्द्र बहादुर गुरूङको आशिस किराना पसलबाट १ लिटर दरका भरी १४ बोत्तल पेट्रोल प्रहरीले बरामद गरेको छ ।


उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्धामा म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १३:२१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology